आइसिसी यू-१९ विश्वकप १९ जनवरी देखी ११ फेब्रअरी सम्म हुने भएको छ।
आइसिसीले श्रीलंका क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि दक्षिण अफ्रिकामा सरेको यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो।
यू-१९ विश्वकपमा नेपाल समूह डी मा न्युजील्याण्ड, पाकिस्तान र अफगानिस्तानसँग परेको छ। सार्वजनिक गरिएको तालिका अनुसार नेपालले पहिलो खेल जनवरी २१ मा न्यूजील्याण्डसँग खेल्नेछ। त्यस्तै जनवरी जनवरी २४ मा पाकिस्तानसँग र समूह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्नेछ।
हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन्। समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् भने समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन्। त्यस्तै समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्।
समूह चरणका खेलपछि समूह ए र डी का टोली सुपर ६ खेल्नेछन् भने समूह बी र सी का शिर्ष ६ टिम सुपर सिक्स खेल्ने छन्। हरेक समूहमा पुछारका टोलीले १२ देखी १६औँ स्थानमा लागि प्लेअफ खेल्न पाउने आइसीसीले बताएको छ। नेपालले यू-१९ विश्वकप अघि जनवरी १६ मा वेस्टइन्डिजसँग अभ्यास खेल खेल्ने भएको छ।





























प्रतिक्रिया