पशुपतिनाथमा नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख प्रदर्शन

पशुपतिनाथमा नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख मंगलबार प्रदर्शन गरिएको छ।

पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख नागरिकलाई देखाउने चलनानुसार प्रदर्शन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

उनले भने, “बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख हरेक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहबरमा बुझाउने गरिन्छ। भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ।” 

Skip This
Skip This
Logo