ललितपुरमा महानगर अगाडि उभिन पाएनन् अभियन्ता ईः, स्थानीयले गरे हस्तक्षेप [भिडियाेसहित]

ललितपुरमा महानगर अगाडि उभिन पाएनन् अभियन्ता ईः, स्थानीयले गरे हस्तक्षेप [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

ललितपुरमा अभियन्ता ईः समूहको अभियानलाई स्थानीय र सम्पदा अभियन्ताहरूले हस्तक्षेप गरेका छन् । मंगलबार ललितपुर महानगरपालिकाको फुटपाथ पसल हटाउने निर्णयविरुद्ध विरोध जनाउन पुगेको ईः समूहलाई स्थानीयले प्रदर्शन गर्न नदिएका हुन् ।

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईःले ललितपुरमा पनि १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, सफल हुन सकेन । उनी पुग्नु अगाडि नै ललितपुरका स्थानीय र सम्पदा अभियन्ताहरु फुटपाथमा पसल राख्न पाइँदैन भन्ने ब्यानरसहित महानगरपालिका अगाडि विरोध जनाइरहेका थिए । स्थानीयले अवरोध गर्दा ईः समर्थक र स्थानीयबीच केहीबेर धक्कामुक्कीसमेत भएको थयो । उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

 

भिडियाे-https://fb.watch/oT-HmOgB3F/

Skip This
Skip This
Logo