फेका कपः गेटवे सेमिफाइनलमा

फेका कपः गेटवे सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

गेटवे एकेडेमी १६ औँ फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा मंगलबार हाइल्यान्डलाई १-० गोलले पराजित गर्दै गेटवे एकेडेमी सेमिफाइनलमा पुगेको हो। 

गेटवेका लागि लक्ष्मण उप्रेतीले गरेको एकमात्र गोल निर्णायक बन्न पुग्यो। गेटवेका प्रदीप खत्री ‘म्यान अफ द म्याच’ घोषित भए।मूलपानीमा जारी प्रतियोगितामा अक्षरिका र एकलब्य शिक्षा सदन यसअघि नै  क्वाटरफाइनलमा पुगिसकेका छन्। 

अक्षरिकाले विद्या विकास स्कुललाई २–१ गोलले हराएको हो। अक्षरिकाका जेनिश तामाङले १ गोल गरे भने अर्को गोल आत्माघाती थियो।विद्या विकासका अरुण मगरले १ गोल फर्काए। अक्षरिकाका आयुश कार्की ‘म्यान अफ द म्याच’ चुनिए।

त्यसैगरि, एकलब्यले गोल्डेन वडमाथि ५–० को सहज जित दर्ता गर्यो। एकलब्यका प्रवेश खड्काले ह्याट्रिक गरे भने विशेष खड्का र निरज कोइरालाले समान १–१ गोल थपे।बिहीबारदेखि जारी प्रतिस्पर्धा पुष १ गतेसम्म सञ्चालन हुनेछ। 

Logo