म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ।
गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग १-० गोल अन्तरले पराजित भएसँगै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समुह चरणबाट नै बाहिरिएको हो। समुह ए अन्तर्गतको यस खेलमा बायर्नले १-० गोल अन्तरले म्यानचेस्टरलाई पराजित गरेको थियो।
बायर्नको जितमा किन्ग्स्ली कोम्यानले खेलको ७०औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि बायर्न म्युनिख समुह ए मा ६ खेलमा १६ अंकसहित शिर्ष स्थानमा रहेर राउण्ड १६ मा पुगेको छ।
साथै समुह ए बाट कोपनहेगन ६ खेलमा ८ अंकसहित दोस्रो हुदै राउण्ड १६ मा पुगेको छ। त्यस्तै म्यानचेस्टर युनाइटेडको भने ६ खेलमा ४ अंक रहेको छ र समुह ए को पुछारमा रहेको छ।





























प्रतिक्रिया