शेखर समूहको बैठक बत्तिसपुतलीमा जारी, गगन थापा पनि सहभागी

शेखर समूहको बैठक बत्तिसपुतलीमा जारी, गगन थापा पनि सहभागी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको इतर पक्षको बैठक अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी छ ।  

नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु अर्जुननसिंह केसी, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत कोइराला गुटबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरु उपस्थित छन्।

कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बैठक बोलाएको भन्दै महामन्त्री थापा सहभागी नहुने भएपछि बैठक आजका लागि सारिएको हाे । कोशी विद्रोहपछि असन्तुष्ट रहेका महामन्त्री थापा पनि ढिलागरी बैठकमा पुगेका छन्।

बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक आगामी पुस १६ र १९ का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुनेछ। काँग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेको,राष्ट्रिय सभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेकोमा शीर्ष नेता सहमत देखिन्छन्।

Skip This
Skip This
Logo