शतप्रतिशत जितका साथ म्यानचेस्टर सिटी अन्तिम १६ मा

शतप्रतिशत जितका साथ म्यानचेस्टर सिटी अन्तिम १६ मा

केन्द्रबिन्दु
0
Shares

इंग्लिस क्लब म्यानचेस्टर सिटी शतप्रतिशत जितका साथ च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। बुधबार राति भएको खेलमा सिटीले रेट स्टारलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

समूह ‘जी’मा सिटीले ६ खेलबाट १८ अंक बनाएको हो। सिटीलाई जिताउनका लागि मिच ह्यामिल्टन, ओस्कर बोब र काल्भिन फिलिप्सले एक-एक गोल गरे। रेडस्टारका लागि हाङ बिओम र एलेक्जेन्डर काटीले एक-एक गोल फर्काए।

१९ औँ मिनेटमा ह्यामिल्टनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ६२ औँ मिनेटमा ओस्करले अग्रता दोब्बर बनाए। ७६ औँ मिनेटमा रेटस्टारका हाङले गोल गर्दै अग्रता २-१ मा झारेका थिए। तर, ८५ औँ मिनेटमा फिलिप्सले पेनाल्टीमा गोल गरेपछि सिटी ३-१ ले अघि बढेको थियो।

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलेक्जेन्डरले गोल फर्काए पनि अन्ततः सिटी ३-२ गोल अन्तरले विजयी भयो। यस्तै यही समूहमा रहेका आरबी लाइपजिङले योङ ब्वाइजलाई २-१ गोल अन्तरले पराजति गरेको छ। जितसँगै लाइपजिङको १२ अंक भएको छ। उसले पनि अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो।

Skip This
Skip This
Logo