बार्सिलोना र पोर्टो अन्तिम १६ मा

बार्सिलोना र पोर्टो अन्तिम १६ मा

केन्द्रबिन्दु
0
Shares

स्पेनिस क्लब बार्सिलोना समूहको शीर्ष स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।  बुधबार राति भएको खेलमा बार्सिलोना बेल्जियन क्लब एन्टरवेपसँग ३-२ गोल अन्तरले पराजित हुँदा पनि शीर्ष स्थानमै रहेको हो। 

यही समूहमा रहेको पोर्टोले सख्तर डोनेस्कलाई ५-३ गोल अन्तरले पराजित गरे पनि तालिकामा बार्सिलोनलाई पछि पार्न भने सकेन। अंकतालिकामा बार्सिलोना र पोर्टो दुवैको समान १२ अंक छ।

बुधबारराति एन्टरवेपका लागि आर्थर भरमिरेनले गोल गर्दै अग्रता दिलाएका थिए। फेरान टोरेसले ३५ औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले खेल बराबरीमा ल्याएको थियो। ५६ औँ मिनेटमा भिनिसेन्ट जेनसनले गोल गर्दै फेरि एन्टरवेपलाई २-१ ले अघि बढाए। 

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा बार्सिलोनाले खेल २-२ को बरबरीमा ल्याएको थियो। बार्सिलोनका लागि मार्क गुयुले गोल गरेका थिए। लगत्तै एन्टरवेपले गोल थपेपछि बार्सिलोना पराजित हुन पुग्यो। 

एन्टरवेपका लागि जर्जले  गोल गरेका थिए। बार्सिलोनलाई पराजित गरेको एन्टरवेपको यो पहिलो जित पनि बन्यो। यो समूहबाट बार्सिलोना र  पोर्टोले अन्तिम १६ मा स्थान पक्का गरेका छन्।

Logo