बालकृष्ण खाणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

बालकृष्ण खाणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

केन्द्रबिन्दु
0
Shares

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको निवेदनमा उच्च अदालत पाटनमा आज पेसी रहेको छ। उनको निवेदन न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा परेको छ।

यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र साधारण तारेखमा छोड्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो।

उक्त निर्णयअनुसार एक न्यायाधीशको इजलासमा बहस हुनेगरी पेसी तोकिएको थियो। आजको सुनुवाइपछि एकल इजलासले दिने आदेशले नै खाण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने निर्णय गर्नेछ।
 

Skip This
Skip This
Logo