फोनपेको संचालक समितिको अध्यक्षमा सशीन जोशी नियुक्त भएका छन्।
फोनपेले आफ्नो संचालित समितिको अध्यक्षको रुपमा सशीन जोशीलाई नियुक्त गरेको हो। बुधबार अध्यक्ष सशीन जोशीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्राबाट शपथ लिएका हुन्।
यसअघि जोशी फोनपेको स्वतन्त्र संचालकको रुपमा आवद्ध थिए। उनि जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तराष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रुपमा परिचित जोशी करिव दुई दशक भन्दा बढि समय नेपालको प्रमुख बैंकिङ् संस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।
पदग्रहण पछि जोशीले भने, ‘अध्यक्षको रुपमा आफुले फोनपे संस्थालाई अझै बढि सवल, सक्षम र नेपालको डिजिटल भूक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्न फोनपेको व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहने विश्वास दिलाउन चाहान्छु ।’
फोनपे बारे:
फोनपे नेपाल राष्ट्र बैंकद्वारा भूक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटर: पि एस् ओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भूक्तानी नेटवर्क हो।
फोनपेले अन्तर-बैंक व्यक्तिदेखि व्यक्ति (पर्सन टु पर्सन: पि टु पि) र व्यक्तिदेखि व्यवसायी (पर्सन टु मर्चेन्ट: पि टु एम) लेनदेनहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ।
नेपालमा आइएसओ २७००१: २०१३ प्रमाणित फोनपेले बैंक र वालेट ग्राहकहरू साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल भूक्तानी सेवाहरू दिँदै नगदरहित अर्थतन्त्रमा योगदान गरिरहेको छ।
फोनपे भूक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन प्रविधिको प्रयोग मार्फत मोबाइल भूक्तानी नेटवर्कमा आविष्कारहरू ल्याउनमा केन्द्रित छ।































प्रतिक्रिया