महेन्द्रनगर बजारमा एक साताका लागि निषेधाज्ञा जारी

महेन्द्रनगर बजारमा एक साताका लागि निषेधाज्ञा जारी

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा एक साताका लागि निषेधाज्ञा जारी गरेकाे छ । 

भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा सालिक स्थापना गर्ने दिने नदिनेसम्बन्धमा विभिन्न राजनीतिक दलहरुबीच विवाद उत्पन्न भएपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता भइ आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०/८/२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।’ जारी आदेशमा भनिएको छ ।

Logo