पूर्वगृहमन्त्री खाणको मुद्दामा बहस सकियो, आजै आदेश आउने

पूर्वगृहमन्त्री खाणको मुद्दामा बहस सकियो, आजै आदेश आउने

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको मुद्दामा बहस सकिएको छ । उच्च अदालत पाटनमा चलिरहेको बहस सकिएको हो। खाणको मुद्दालाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने विषयमा बहस भएको हो।

खाणका कानुन व्यवसायी र सरकारी वकिलहरू दुवै पक्षको बहस सकिएपछि अब न्यायाधीश कृष्णराम कोइरालाको इजलासबाट उक्त मुद्दाको निर्णय सुनाउने तयारी गरेका छन्। 

खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरेका थिए। प्रेमबहादुर खड्का गोपालकृष्ण घिमिरे र विश्वनाथ खनालले पनि खाणको पक्षमा बहस गरे । सरकारका तर्फबाट सरकारी वकिलहरू महेश खत्री र शंकर खत्रीले बहस सकिसकेपछि खाणका कानुन व्यवसायीले जवाफी बहस सकेका हुन्।

Skip This
Skip This
Logo