यी हुन् सरकारले तोकेका हड्ताल गर्न नमिल्ने २५ क्षेत्र

यी हुन् सरकारले तोकेका हड्ताल गर्न नमिल्ने २५ क्षेत्र

केन्द्रबिन्दु
0
Shares

सरकारले २५ वटा अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न नपाइने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गत साताको निर्णयबमोजिम बन्द हड्ताल गर्न नमिल्ने २५ आवश्यक क्षेत्रको विवरण राजपत्रमा प्रकाशित गरेको हो ।

राजपत्रमा प्रकाशित विवरण अनुसार अब डाँक, तार वा टेलिफोन सेवामा अवरोध गर्न पाइदैन । त्यस्तै, जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न पाइदैन ।

त्यस्तै, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स लगायत)मा पनि बन्द हड्ताल गर्न पाइनेछैन । 

औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, बैंकिङ्क सेवा, बीमा सेवा, विद्युत् सेवा, मास्कसम्बन्धी सेवा, ह्याण्ड स्यानिटाइजरसम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट सेवामा पनि हडताल गर्न नपाइने राजपत्रमा उल्लेख छ ।

Skip This
Skip This
Logo