भक्तपुरमा टिप्पर र स्कुटी एक आपसमा ठोकिएर भएको दुर्घटना परि एक जनाको मृत्यु भएको छ।
जिल्लाको मध्यपुर ठिमि नगरपालिका -२ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडी बहाखा बजारबाट सानोठिमी तर्फ जाँदै गरेको ब ४ ख २३४७ नम्बरको टिप्पर र विपरीत दिशाबाट आँउदै गरेको बा.९२ प.५५३१ नम्बरको स्कुटी एक आफसमा ठोक्किएर भएको दुर्घटनामा परि स्कुटी चालक काभ्रेपलान्चोकको रोशी गाँउपालिका-१० का २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मैनालीकाे नागरीक अस्पताल गठ्ठाघर भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हाे। दुर्घटना भएको सवारी साधन टिपर जिल्ला प्रहरी परिसरमा राखिएको र टिपर चालक धादिङको थाक्रे गाँउपालिका-७ का सुरेश तामाङलाई प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया