अभिलेखालयको कुनोमा कालीपारीको इतिहास (दस्ताबेजसहित)

अभिलेखालयको कुनोमा कालीपारीको इतिहास (दस्ताबेजसहित)

केन्द्रबिन्दु
0
Shares

भारतले गत वर्ष नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनैतिक नक्सा सार्वजनिक गर्‍यो । त्यसको नेपालमा चर्को विरोध भयो । नेपालले सीमा विवाद सुल्झाउनका लागि वार्ताका लागि आग्रह गर्‍यो । तर भारतले त्यसको जवाफ दिनुको सट्टा विभिन्न बहानाबाजी र आनाकानी गरिरह्यो ।

भारतले वार्तामा बस्नुको सट्टा गत वैशाख २६ गते  नेपाली भूभाग लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक उद्धघाटन गर्‍यो । त्यसपछि नेपालमा विरोध चर्कियो । नेपालले पनि गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर वास्तविक नक्सा जारी गर्‍यो ।

गत शनिबार बसेको प्रतिनिधि सभा वैठकले नयाँ नक्सा अनुरुपको निशान छाप बनाउनका लागि संबिधान संशोधन गर्ने प्रस्ताव पारित गर्‍यो । यतिबेला भारतले मिचेको जमिन फिर्ता ल्याउने विषयमा जोडतोडका साथ् आवाज उठिरहेको छ । सरकारले पनि प्रमाण संकलनका लागि विज्ञ समुह गठन गरेको छ ।

तर, कालीपारीका कतिपय ऐतिहासिक दस्ताबेजहरू भने राष्ट्रिय अभिलेखालयको अँध्यारो कोठामा पोकापोकीमा थन्किएर बसेको छ ।  जसमा नेपालको उत्पत्ति भएयता अढाइ सय बर्षको इतिहास लेखिएको छ ।

२०६२/६३ को आन्दोलनपछि नेपालमा गणतन्त्र आएपछि तत्कालीन शितल निवासस्थित परराष्ट्र मन्त्रालयमा रहेका कागजातहरु पोको पारेर अभिलेखालयलाई जिम्मा लगाइएको थियो । ती कागजातको २०६४ सालमै माइक्रोफिल्मिङ समेत भैसकेको छ, तर ती कागजातमा के लेखिएको छ, कुन कागजको समय–सान्दर्भिकता के छ भन्ने कुरा स्वयम अभिलेखालयकी निर्देशक सौभाग्य प्रधानाङ्गलाई पनि पत्तो छैन ।

‘परराष्ट्र मन्त्रालयको अनुमती बिना यी कागजातमा लगाइएको ल्याप्चे र लालमोहोर खोल्न मिल्दैन, १४ बर्षअघि बनेको सूचीपत्र मात्रै अभिलेखालयको पहुँचमा छ ।’ उनले भनिन् ।

यी ऐतिहासिक महत्वका कागजातहरु बिभिन्न ७ पोकामा बाँधेर र लाहाछाप लगाएर राखिएको छ । इतिहास, प्राचीन लिपी र भाषाका बिज्ञ महशेराज पन्तले यी सामग्रीको अध्यन अनुसन्धान गर्न पाएमा नयाँ नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सावित गर्ने थप प्रमाणआधार पाउन सकिने भनेर आशा देखाएका छन् । तर, उनको कुरा पनि अभिलेखालयले सुन्न चाहेकै छैन ।

कालिपारीका ऐतिहासिक दस्ताबेजहरू 

१ लडाइमा मद्धत पठाउनेबारेको लालमोहोर ।
२ पश्चिमतर्फको काम रानाले गर्ने र भादगाउँमा कब्जा गर्नेबारे तर्जुमा गरिएको लालमोहोर ।
३ राज्यको संभार गर भन्ने केशरी छाप पत्र ।
४ रणजंग पाण्डेलाई सजाय गरेको र उनीहरुको कर्तुतको विवरण पत्राचार ।
५ अंग्रेजले अत्याचार गर्दा वजताले लुटपाट गरेको ।
६ पशुपतिनाथको पुजारीको अन्र्तवार्ता लिएको मुचुल्का ।
७ नेपालसँग सन्धी भएको वास्तविक भएन भन्ने अंग्रेजको भनाइ ।
८ अंग्रेजको खबर बुझ्न अल्मोडामा मान्छे पठाएको ।
९ चम्पागढी फत्ते भएको खबर ।
१० सिमरौन किल्लामा लडाइ गरेको खबर ।
११ सिमानाको टकरार कुरा ।
१२ पश्चिमतर्फको सिमानाबारेको लालमोहोर अलमलियो, तलास गरे मिल्ला ।
१३ कमला नदीतर्फको सिमाना सम्बन्धी ।
१४ अंग्रेजको सिमानासम्बन्धी कुरा ।
१५ साँधसिमानाको कुरा ।
१६ कालीपूर्व सिमानाको रफ्फा हुन सकेको छैन ।


 

 

Skip This
Skip This
Logo