भारतमा सांसद काेइरीलाई पक्राउ गरेर पनि छाडेकाे खुलासा

भारतमा सांसद काेइरीलाई पक्राउ गरेर पनि छाडेकाे खुलासा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका केन्द्रिय सदस्य सरोज यादवले ५ पुषपछि वर्तमान सरकार ढल्ने दाबी गरेका छन्। सम्बन्ध स्थानिय, सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रा सकिएपछि प्रचण्ड सरकार ढल्ने यादवले दाबी गरेका हुन्।

संसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाई दिएपछी महोत्तरीको गौशालामा आयोजित शुभकामना कार्यक्रममा बोल्दै मधेश प्रदेशका संसदीय दलका नेता समेत रहेका यादवले ५ पुषपछि सरकार ढल्ने र नयाँ सरकार बन्ने ठोकुवा गरेका हुन्। बैतडीको झुलाघाटबाट १४ मंसिरदेखि सुरु भएको एमाले यात्रा १ पुषमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिँदैछ। 

‘५ गते पत्रकार सम्मेलन गरेपछि यो सरकारको खुट्टाहरु भत्किन्छ,उनले भने, सरकार ढल्ने निश्चित रहेकाे छ।’ उनका अनुसार सरकारले जनताको मनोभावना अनुसार काम नगरेको हुनाले पनि नयाँ बन्ने सरकार केपी शर्मा ओलीकै नेतृत्वमा बन्नेछ।

अदालतले सफाई दिनु भन्दा अगाडि फरार रहेका कोइरीलाई समेत एमालेले नै संरक्षण गरेको बताउँदै भारतमा पक्राउ गर्दा पनि नेपाल प्रहरी छाडेर आएको उनले खुलासा गरेका छन्।

पक्राउ परेपछी के गर्ने भन्ने सम्बन्धमा माओवादी केन्द्रका प्रदेश संसद भरत साहसँग समेत सल्लाह गरेको खुलासा गर्दै जिल्ला अदालतको निर्णय सत्यको पक्षमा भएको उनले बताए।

Skip This
Skip This
Logo