इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अन्तिम समयमा गोल खाँदा बराबरीमा चित्त बुझाएको छ। शनिबार राति भएको खेलमा सिटीले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
सिटीले २ गोलको अग्रता जोगाउन असफल भयो। २४ औँ मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै अग्रता दिलाएका थिए। उनले फिल फोडेनको पासमा गोल गरेका हुन्।
५४ औँ मिनेटमा रिको लेविसले गोल गरेपछि सिटी २–० को सहज अवस्थामा पुगेको थियो। तर, ७६ औँ मिनेटमा क्रिष्टलले पहिलो गोल फर्कायो। उसका लागि जिन फिलिपे माटेटाले गोल गरेका थिए। दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा सिटीका खेलाडीले फल गरेपछि क्रिष्टलले पेनाल्टी पाएको थियो।
उक्त पेनाल्टीलाई मिचेल ओलिसेले गोलमा परिणत गर्दै सिटीबाट महत्वपूर्ण १ अंक दिलाए। यो नतिजापछि सिटी १७ खेलमा ३४ अंकसहित तालिकाको चौथो स्थानामा छ भने क्रिष्टल १७ खेलबाट १७ अंकसहित १५ औँ स्थानमा छ।





























प्रतिक्रिया