एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विवादका विषयमा सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट स्थगित सूचीमा परेको छ।अमरेशकै कानून व्यवसायीका तर्फबाट रिट स्थगित भएको हो।
गत मंसिर २२ मा स्वतन्त्र सांसद सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। दायर गरेको रिट मंसिर २४, २५, २६, २७ र २८ गते हेर्न नभ्याइनेमा परेको थियो।
एनसेल कम्पनीको शेयर बिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख गर्दै रिटमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको जिकिर गरिएको थियाे। मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको सार्वनजिक भएपछि विवाद सुरू भएको हाे।





























प्रतिक्रिया