चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोबिन्द केसीको स्वास्थ्यवस्था बिग्रिदै गएको छ। धनगढी पुगेर तीन दिने सत्याग्रह थालेका केसीले स्वास्थ्यवस्था बिग्रदै गएकाे हाे।
गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा. केसीले ७२ घन्टा नपुगेको भन्दै भोलिमात्रै तोड्ने बताएका छन्। डा. केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ । स्वास्थ्यवस्था बिग्रदै गएपछि स्लाइन चढाउन खोजिएकोमा केसीले नमानेको उनले बताए। डा. केसी आजदेखि शाैचालय जान नसक्ने अवस्थामा पुगेको उनले बताए।
डा. केसीले एक हप्ता अगाडि मात्रै पित्तथैलीको शल्यक्रिया गराएका थिए। सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी २१औं अनसन सुरु गरेका छन्।































प्रतिक्रिया