आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० पुष २ गते साेमबार। १८ डिसेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मनमा शान्तिको अनुभूति हुनेछ। पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ। सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज खानेकुरा प्रति सजग रहनु होला। खर्च बढ्ने र आफूलाई कमजोर भएको महसूस हुनेछ, तर साँझमा नयाँ र शुभ समाचार पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ। उपहार पाइने सम्भावना देखिन्छ। प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज शुभकार्यको चर्चा चल्नेछ। धार्मिक तथा समाज सेवामा मन लाग्नेछ। आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अतिथिको रूपमा सत्कार पाइएला। कृषि क्षेत्रबाट सफलता मिल्नेछ। सुखद् मिलनको योग छ। दाम्पत्य जीवन सुखमय हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन खिन्न हुने स्थिति आउनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। मालसामान हराउन सक्छ, होसियार रहनुपर्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। समाजमा प्रभाव पार्न सकिनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला। पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज घरपरिवारसँग समय व्यतीत हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर नयाँ र शुभ कार्यको योजना बन्नेछ।

Logo