इजरायली आक्रमणबाट गाजामा मारिनेको संख्या १९ हजार नाघ्यो

इजरायली आक्रमणबाट गाजामा मारिनेको संख्या १९ हजार नाघ्यो

केन्द्रबिन्दु
0
Shares

गाजामा मृत्यु हुनेको संख्या निरन्तर बढीरहेको तथ्यांकले देखाएको छ। गाजाको स्वास्थ्य मन्त्रालयको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रामणमा परेर १९ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ।  

उसका अनुसार युद्ध सुरु भएदेखि इजरायली आक्रमणमा ७ हजार ७ सय २९ बालबालिकासहित कम्तीमा १९ हजार ४ सय  ५३ व्यक्तिको मृत्यु भएको हो। घाइतेहरुको संख्या पनि ८ हजार ६ सय ६३ बालबालिका सहित ५२ हजार २ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ।

Logo