काठमाडौं ।
विद्युत नियमन आयोगले विजुलीको नयाँ महशुल सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ महशुल अनुसार ५ एम्पियरको मिटर राख्ने र महिनाको १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत दिने सरकारले यसअघि गरेको निर्णय कार्यान्वयन हुने भएको छ ।
यस्तै घर बहालमा बस्नेसँग बढी महशुल उठाउन नपाइने निर्णय पनि आयोगले गरेको छ । त्यस्तै, सार्वजनिक खानेपानी र सिँचाइको लागि कृषि मिटरको डिमाण्ड शुल्क हटाइएको छ । यसको प्रत्यक्ष लाभ किसानले पाउने भएकाछन् ।
आयोगले घर बहालमा बस्नेलाई उक्त घरमा रहेको मिटरको खपतको आधारमा बिलिङ हुँदा तय भएको अधिकतम दरभन्दा बढी महशुल उठाउन नपाइने व्यवस्था गर्न पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । घरधनीले भाडावालाहरुसँग चर्को महसुल लिने गरेको गुनासो आएसँगै यस्तो निर्णय गरिएको हो ।
पछिल्लो पटक सार्वजनिक गरिएको नयाँ महसुल दर यहि महिनादेखि लागू हुने गरि कार्यान्वयन गर्न पनि आयोगले निर्देशन दिएको छ । आम जनतालाई राहत दिन विद्युतको महशुल ५ देखि ५० प्रतिशतसम्म र औसतमा १० प्रतिशत घटाइएको छ ।
आयोगले निर्धारण गरेको नयाँ महसुल दर यस्तो छ
१० युनिट सम्म निःशुल्क
१-२० युनिट: प्रति युनिट ३ रुपैयाँ = ६० रुपैयाँ
२१-३० युनिट: प्रति युनिट ६.५० रुपैयाँ= ५८.५ रुपैयाँ
३१-५० युनिट: प्रति युनिट ८ रुपैयाँ= १५२ रुपैयाँ
५१-१५० युनिट: प्रति युनिट ९.५० रुपैयाँ = ९४०.५ रुपैयाँ
१५१-२५० युनिट: प्रति युनिट १० रुपैयाँ=९९० रुपैयाँ
२५१-४०० युनिट: प्रति युनिट ११ रुपैयाँ=१,६३९ रुपैयाँ





























प्रतिक्रिया