विकास बैङ्कहरूले चार महिनामा डेढ अर्ब खुद नाफा आर्जन गरेका छन्। सञ्चालनमा रहेका राष्ट्रिय स्तरका विकास बैङ्कहरूले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ बढी खुद नाफा कमाएका हुन् ।
चालु आवको कात्तिक मसान्तसम्ममा आइपुग्दा सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैङ्कले कमाएको छ। बैङ्कले चार महिनामा ३१ करोड ६० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ ।
दोस्रो सूचीमा भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क छ। बैङ्कले चार महिनामा २५ करोड बढी खुद नाफा कमाएको छ। यस्तै, तेस्रो सूचीमा रहेको गरिमा विकास बैङ्कले २४ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।
यता, लुम्बिनी विकास बैङ्कले १८ करोड १० लाख, महालक्ष्मी विकासले १७ करोड १५ लाख, कामना सेवाले १७ करोड १० लाख, ज्योति विकासले ११ करोड २० लाख र साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले १० करोड २६ लाख रुपैयाँ नाफा कमाएका छन्।





























प्रतिक्रिया