अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आगामी अध्यक्षमा करण चौधरी बन्ने सहमति जुटेको छ।
नाडाका वर्तमान अध्यक्ष ध्रुव थापाका अनुसार लामो प्रयासपछि मंगलबार साँझ बसेको पूर्व अध्यक्षहरूसमेतको बैठकले आगामी अध्यक्षमा चौधरीलाई सर्वसम्मत गर्ने निर्णय भएको हो । अध्यक्षकाे प्रतिस्पर्धामा आकाश गोल्छा, प्रकाश कपुरी र करण चौधरी रहेकोमा यसपटक चौधरीलाई सर्वसम्मत गर्ने सहमति जुटेको हो ।
सहमतिअनुसार अब चौधरीले अर्कोपटक अध्यक्षमा गोल्छालाई सहयोग गर्नेछन् । साथै आकांक्षी कपुरीलाई समेत कार्यसमितिमा नै समेट्नेगरी सहमति जुटेको छ ।
नयाँ नेतृत्व चयनका लागि नाडाको अधिवेशन पुस २० र २१ गतेलाई तोकिएको छ ।





























प्रतिक्रिया