मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न कमल थापाको माग

मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न कमल थापाको माग

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।  बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित यस्तो माग गरेका हुन्।

मन्त्री किरातीले ‘क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको थापाको भनाइ छ।“‘क्रिस्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्नुपर्दछ,” उनले लेखेका छन्, “प्रमको ध्यान जाओस् । पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुनबमोजिम कारबाही गरियोस्।”

पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाएको भन्दै उनलाई कानूनबमोजिम कारबाही गर्न पनि थापाले माग गरेका छन्।

 

Skip This
Skip This
Logo