संविधान रक्षाका लागि मधेस उठ्नुपर्छः उपप्रधानमन्त्री खड्का

संविधान रक्षाका लागि मधेस उठ्नुपर्छः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेसले वर्तमान संविधानको रक्षा गर्न जुट्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको बिहीबार उद्घाटन कार्यक्रममा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले संविधानको रक्षा गर्नुपर्ने बताएका हुन् । 'संविधानको विरुद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने त्यसको विरुद्धमा मधेस उठ्नुपर्छ । मधेसका साथीहरूले एकताबद्ध भएर अहिलेका चुनौतीको सामना गर्नुपर्छ ।' उनले भने । 

नागरिकको अधिकारका लागि संविधान कार्यान्वयनको आवश्यकता रहेको उपप्रधानमन्त्री खड्काले बताए । नेपाली कांग्रेस आज पनि संविधान संशोधनको पक्षमा रहेको पनि उनको भनाइ थियो । 'संविधानमा सबैको कुरा समेट्न हामीले प्रयास गरेका थियौँ । एमालेका कारण संसद्मा फेल हुन पुग्यो । फेरि पनि सबैका कुरा समेट्न संविधान संशोधन गरिन्छ ।' उनले भने । 

Logo