स्पेनिस ला-लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

स्पेनिस ला-लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला-लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार राति सम्पन्न खेलमा एलाभेसलाई १–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो। 

रियलले १८ खेलबाट ४५ अंक बनाएको छ। समान ४५ अंक रहेको जिरोना दोस्रो स्थानमा झरेको छ। जिरोनाले बिहीबार राति रियल बेटिससँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि रियलले जित निकाल्दा शीर्ष स्थान कब्जा गर्न सफल भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल ५४ औँ मिनेटमा १० खेलाडीमा झरेको थियो। रियलका नाचो रातो कार्ड पाउँदै मैदान छाडेका थिए। 

उनले खराब ट्याक्कल गरेपछि भारको सहायताले रातो कार्ड दिइएको थियो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पनि अतिरिक्त समयको दोस्रो मिनेटमा रियलले गोल गरेको थियो। 

रियलका लुकास भेजक्युजले गोल गरेका थिए। सोही गोल नै रियललाई ३ अंक दिलाउन पर्याप्त भयो। रियलसँग पराजित भएको एलाभेस १६ औँ स्थानमा रहेको छ। ला-लिगा अन्तर्गत बिहीबार रातिकै अर्को खेलमा कार्डिज र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दा मालोर्काले ओसासुनालाई ३–२ ले स्तब्ध बनायो।

Skip This
Skip This
Logo