मन्त्री किरातीलाई भीम रावलको प्रश्न- ‘तपाईंका पूर्खा क्रिश्चियन थिए?’

मन्त्री किरातीलाई भीम रावलको प्रश्न- ‘तपाईंका पूर्खा क्रिश्चियन थिए?’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता भीम रावलले नागरिक उड्डयन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीलाई ‘मुन्धुम मान्ने देशद्रोही थिए त?’ भनेर प्रश्न गरेका छन्।

संस्कृति मन्त्री किरातीले ‘क्रिश्चियन धर्म नमान्ने संविधान विराेधी र देशद्रोही हुन र उनीहरूलाई जेल कोच्नुपर्छ’ भन्ने जस्ता गैर जिम्मेवारी अभिब्यक्ति दिएपछि एमाले नेता रावलले प्रश्न गरेका हुन्।

‘मन्त्री सुदन किरातीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न,के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए? थिएनन् भने के ती देशद्रोही थिए? किराँतहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो?’ उनले सामाजिक सञ्जालबाट सोधेका छन्, ‘यस्ता प्रश्नको जवाफ चाहियो।’

Skip This
Skip This
Logo