प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिनेछ : प्रधानमन्त्री

प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिनेछ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने जानकारी दिएका छन् । शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने र यसले  सरकारको कामको गतिलाई असर नगर्ने बताएका हुन् । 

मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व लिएको दोस्रो वर्षदेखि नयाँ ढंगले काम गर्ने जानकारी पनि दिए । आउँदो मंगलबार अर्थात १० पुसमा आफू प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुन लाग्दा उनले एक वर्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको दाबी गरे । 

‘मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको एक वर्ष पुग्दै छ । यो बीचमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

Skip This
Skip This
Logo