कांग्रेसको बागमती प्रदेश पहिलो सम्मेलन भोलिदेखि

कांग्रेसको बागमती प्रदेश पहिलो सम्मेलन भोलिदेखि

केन्द्रबिन्दु
3
Shares

नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन भोलि शनिबार सुरु हुने भएको छ ।

शुक्रबार काठमाडौंमा आयाजित पत्रकार सम्मेलनमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न एवं थप जवाफदेही बनाउँदै लैजाने विषयमा प्रदेश सम्मेलनमा छलफल हुने प्रवक्ता तिलकप्रसाद रुवालीले जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले यस ऐतिहासिक प्रथम प्रदेश सम्मेलन मार्फत प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न र थप जवाफदेही बनाउँदै लैजाने विषयमा छलफल गर्ने छ । सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनहरु प्रस्तुत हुने र छलफल गरी पारित गर्ने उनले जानकारी दिए । 

पार्टी भित्रको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त, दुरुस्त र थप समावेशी बनाउने विषयमा समेत छलफल केन्द्रीत हुने उनको भनाई छ । ‘पार्टी भित्रको आन्तरिक निर्वाचनप्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त, दुरुस्त र थप समावेशी बनाउने बिषयमा समेत छलफल केन्द्रीत हुनेछ’ उनले भने ।

सम्मेलन काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा पार्टीका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न हुने जनाइएको छ ।

Skip This
Skip This
Logo