प्रधानमन्त्रीकाे दाबी- अहिलेसम्म कसैले आँट नगरेका ऐतिहासिक काम भएका छन्

प्रधानमन्त्रीकाे दाबी- अहिलेसम्म कसैले आँट नगरेका ऐतिहासिक काम भएका छन्

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ऐन ल्याएरै भएपनि भूमिहीनलाई लालपूर्जा वितरणको काम थाल्ने बताएका छन् ।  

जनतासँग माओवादी विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत बुढानिलकण्ठमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूमि सम्बन्धी समस्या, सुकुम्बासी समस्या, अव्यवस्थित बसोबासको समस्या र स्वबासीको समस्या समाधानका लागि ऐन निर्माण भइरहेको बताएका हुन् । 

‘भूमिसम्बन्धी समस्या, सुकुम्बासीको समस्या, अव्यवस्थित बसोबासको समस्या र स्वबासीको समस्या, काठमाठौं, ललितपुर र भक्तपुरमा स्वबासीको समस्या पनि ठूलै समस्याको रुपमा रहेको छ त्यसलाई हल गर्नको लागि मैले नयाँ ऐन तुरुन्तै ल्याउँदै छु र लालपूर्जा वितरणको एउटा नयाँ अभियान सुरु हुँदैछ ।’ उनले भने ‘म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु । यो समस्या समाधान गर्नको लागि ऐनमा भएका केही त्रुटिहरुका कारणले ५०औं वर्षदेखि रोकिएका समस्याहरु समाधान गर्ने ढङ्गले ऐनको व्यवस्था हुँदैछ ।’ 

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले डेढ वर्षभित्र देशको सम्पूर्ण भू-भागमा विद्युत सेवा पुग्ने ठोकुवा गरे । ‘डेढ वर्षभित्र पूरै देश उज्यालो हुने लक्ष्यका साथ हामी अगाडि बढेका छौ । यसको साथै सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ समाजवादको आधार भनेर अभियान सुरु गरेको हो ।’ उनले भने, ‘१० हजार ८ सय मेगावाटको एउटै परियोजना कर्णाली चिसापानी, यति ठूलो परियोजना सोच्न पनि मानिसलाई गारो थियो हामीले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेका छौँ, त्यो अब अध्ययन प्रक्रियामा गएको छ । बुढीगण्डकीको गाँठो पनि फुकाइएको छ । ऐतिहासिक काम भएका छन् जुन अहिलेसम्म विगतमा कसैले गर्न आँट गरेका थिएनन् ।’

Logo