ई-सेवा केयरको क्रिसमस अफर सार्वजनिक, ३६ हजारसम्म क्यासब्याक पाइने

ई-सेवा केयरको क्रिसमस अफर सार्वजनिक, ३६ हजारसम्म क्यासब्याक पाइने

केन्द्रबिन्दु
0
Shares

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई सेवाले अत्यधिक रुचाइएको ई-सेवा केयर सुविधामा क्रिसमस अफरअन्तर्गत ३६ हजार क्यासब्याक पाइने अफर सार्वजनिक गरेको छ। दैनिक एक रुपैयाँभन्दा कममै हेल्थ केयर सुविधा लिन सकिने ई-सेवा केयरमा यस्तो अफर सार्वजनिक गरिएको हो। 

अफरअन्तर्गत वर्षको ३६०रुपैयाँमा २ लाख ३०हजारसम्मको कभरेज प्रदान हुनेछ। यो सेवा आज (पौष८_ खरिद गरेमा एक जना भाग्यशाली विजेताले सय गुणा अर्थात् ३६ हजारको क्यास ब्याक पाउनेछन् ।

ई- सेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटना लाई मध्यनजर गर्दै हिमालयन एभरेस्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा प्रदान गरिरहेको छ।

यस सुविधा प्रयोग गर्नका लागि ई- सेवाको मोबाइल एप्स गइ ई सेवा केयर सेवा अन्तर्गत दैनिक  १ रुपैयाँभन्दा पनि कमका दरले एक वर्षका लागि ३६० रुपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ। जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै अस्पताल भर्ना बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन्। 

यस प्याकेज अन्तर्गत हिमालयन एभरेस्ट इन्स्योरेन्सबाट २ लाख ३० हजारसम्मको दुर्घटना उपचार खर्च र अस्पतालको बेड शुल्कको बीमा दाबी गर्न सकिनेछ। जसअन्तर्गत अस्पतालको बेड चार्जमा १० हजार रुपैयाँ सम्म र २ लाख २० हजारसम्मको दुर्घटना बीमा उपलब्ध छ। साथै विभिन्न स्वास्थ्य सेवामा ३० प्रतिशतसम्मको छुट पनि पाउने व्यवस्था गरिएको छ।

यो बीमा प्याकेज खरिद गरेका व्यक्ति लेबीमा दाबी गर्नको लागि ३५ दिनभित्र हिमालयन एभरेस्ट इन्स्योरेन्स्मा आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्नेछ। खरिदकर्ताले ई सेवामार्फत पनि डकुमेन्ट बुझाएर दाबी भुक्तानीको लागि प्रक्रिया सुरु गर्न सक्दछन्।

हाल ई- सेवाको सेवा एण्ड्रोइड तथा आइ ओएस मोबाइलमार्फत ८०लाख बढी ग्राहकले सेवा लिइरहेका छन्। यसै गरी देश भर रहेका दुईलाख अप्रत्यक्ष रूपमा करिब डेढ करोड जनसङ्ख्याले सेवा लिइरहेका छन्।

ई- सेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन,  इन्टरनेट, बिजुली तथा खाने पानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

Skip This
Skip This
Logo