माछापुच्छ्रे बैंककाे एक हप्ते व्यवसायिक सिपमूलक तालिम सम्पन्न

माछापुच्छ्रे बैंककाे एक हप्ते व्यवसायिक सिपमूलक तालिम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

माछापुच्छे बैंकले सिराहा जिल्लाको कर्जनहास्थित जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा आयोजना गरेको एक हप्ते व्यवसायिक सिपमूलक तालिम कार्यक्रम सम्पन्न भएकाे छ । 

माध्यमिक तहका विद्यार्थीहरुमा व्यवसायिक र प्राविधिक ज्ञान एवं सिपको विकास गर्ने उद्धेश्यले बैंकले इन्जिनियर्स वीथआउट बोर्डर्स नामक संस्था संगको सहकार्यमा व्यवसायिक सिपमूलक तालिम आयोजना गरेको हो । एक सातासम्म स्कुल प्राङ्गणमा सञ्चालित कार्यक्रम आज समापनको गरेको थियो ।  

उक्त कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री एवम् बैंकका पूर्व अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले विद्यालयस्तरदेखि नै विद्यार्थीमा व्यवसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरुले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने बताए । 

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा पनि बैंकले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानिय निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । 

उक्त सिपमूलक तालिम कार्यक्रममा गोवर ग्यासबाट वायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा ऊन बाट बनेका विभिन्न सजावटका सामानहरु बनाउने व्यवसायिक तालिम विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।

Logo