चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउँछः प्रदेश प्रमुख गुरुङ

चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउँछः प्रदेश प्रमुख गुरुङ

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउने बताएका छन्।  

इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले धार्मिक उत्सव एवम् चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्नाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने बताएका छन्।  

जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा विश्वभरका इसाई धर्मका अनुयायीहरूले हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउने उनको सन्देशमा उल्लेख छ।

यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने प्रदेश प्रमुख गुरुङले कामना गरेका छन्।

Logo