जसपाको कार्यकारिणी समिति बैठक मंगलबार बस्ने

जसपाको कार्यकारिणी समिति बैठक मंगलबार बस्ने

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक मंगलबार बस्दैछ । बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बस्नेछ।

अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका हुन्।

केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनमा पार्टीको अवस्था के हुने? भन्ने लगायत विषयहरूमा टुंगो लगाउने बताए।

‘अध्यक्षज्यू, निरन्तर काठमाडौंबाहिर हुनुभयो। नियमित छलफलसमेत हुन पाएको छैन,’ उनले भने,‘यो बैठकमा समसामयिक राजनीतिक विषयहरूमै छलफल हुन्छ,र राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका विषयमा टुंगो लगाउँछौँ।’

आगामी फागुनमा पदावधि सकिने २० सदस्यमध्ये जसपाका एक सांसद छन्। त्यो सहित जसपाले गठबन्धनमा ४ सिटमा दाबी गर्दै आएको छ। तर गठबन्धनमा सिट बाँडफाँडको विषयमा अझै टुंगिएको छैन।

Logo