सुशासनको पक्षमा पत्रकारले कलम चलाउनुपर्छः उपसभामुख रानामगर

सुशासनको पक्षमा पत्रकारले कलम चलाउनुपर्छः उपसभामुख रानामगर

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएकी छन् ।

नेपाल पत्रकार महासङ्घ झापाको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उपसभामुख रानामगरले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताएकी हुन् ।

विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरुले खेलेको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । 

“हरेक क्षेत्रमा सुशासन कायम गर्न आँट र विश्वासका साथ पत्रकारहरुलाई अघि बढ्न म आग्रह गर्दछु”, उनले भने, “लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ ।” उनले कानुन मात्र बनाएर सुशासन नआउने भन्दै सोको कार्यान्वयनको पक्ष मजबुद हुनुपर्ने उल्लेख गरे । 

कार्यक्रममा संस्थापक सचिव तारा बराल, सदस्य गोविन्दचन्द क्षेत्री र मोहन ढुङ्गानालाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि रानामगरले सम्मानपत्र प्रदान गरिन् । कार्यक्रममा विभिन्न दाताले पत्रकार सहारा उपचार कोषका लागि रू १० लाख सहयोग प्रदान गरेका छन् ।  

Logo