कञ्चनपुरमा १६० महिलाले गराए मिनिल्याप

कञ्चनपुरमा १६० महिलाले गराए मिनिल्याप

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरमा एक सय ६० महिलाले स्थायी बन्ध्याकरण शिविरमा एक सय ६० महिलाले मिनिल्याप गराएका छन्।

सन्तानको रहर पूरा भएका महिलाका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको निःशुल्क एकीकृत परिवार योजना स्थायी बन्ध्याकरण शिविरमा उनीहरूले मिनिल्याप गराएका हुन्।

स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी निःशुल्क स्थायी बन्ध्याकरण शिविर आयोजना गरेको हो। स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति कपिल जोशीका अनुसार गत मङ्सिर २२ गतेदेखि पुसको पहिलो सातासम्म शिविर आयोजना गरिएको थियो।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका, बेलौरी, पुनर्वास, लालझाडी, देखतभूली, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, सुडा, भीमदत्तनगरको जिमुवा, चाँदनी र ब्रह्मदेवमा शिविर आयोजना गरिएको हो।

Skip This
Skip This
Logo