टाइब्रेकरमा पोखरालाई हराउँदै साविक उपविजेता धनगढी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ।सोमबार साँझ सम्पन्न खेलमा पहिलो क्वालिफायरमा पोखरालाई टाईब्रेकरमा ४-३ ले पराजित गर्दै धनगढीले फाइनलमास्थान पक्का गरेको हो।
पराजित पोखराले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग पुनः फाइनल प्रवेशका लागि खेल्नेछ। एलिमिनेटरमा साविक विजेता काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसी आज मंगलबार भिड्ने भएका छन्।





























प्रतिक्रिया