नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २१ जना सम्पर्कविहीन भएका छन्। जानकारी बिनै आफूखुसि १ महिनाभन्दा बढि समयमा विदा बसेपछि प्रहरी प्रधान कार्यालयले खोजि गरेको छ।
नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले बुधबार एक सूचना जारी गर्दै एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो।





























प्रतिक्रिया