टर्कीको अवरोध हटे स्वीडेन नाटोमा आवद्ध हुने

टर्कीको अवरोध हटे स्वीडेन नाटोमा आवद्ध हुने

केन्द्रबिन्दु
0
Shares

स्वीडेनले उत्तर उत्तर एट्लान्टिक सन्धि संगठन नाटोको सदस्यता पाउने सम्भावना बढेको छ। अहिलेसम्म टर्कीका कारण यो सम्भव भइरहेको थिएन। 

समाचार एजेन्सी ‘एपी’ को रिपोर्ट अनुसार मंगलबार टर्की संसदको एक समितिले नेटोमा सामेल हुने स्वीडेनको प्रस्तावलाई अनुमोदन गरेको छ। यो प्रस्ताव राष्ट्रपति रेसेप तैयप एर्दोगानको सरकारले राखेको थियो।

यो स्वीडेनका लागि ठूलो सफलता हो। तर यसको उद्देश्य भने पूरा हुन सकेको छैन। अब स्वीडेनले टर्कीको महासभाबाट पनि सहयोगको अपेक्षा गरेको छ। यसको प्रक्रिया कहिले सुरु हुने भनेर घोषणा गरिएको छैन। 

टर्की सरकारले करिब एक वर्षदेखि स्वीडेनको नेटो सदस्यताको बाटोमा अवरोध खडा गर्दै आएको थियो। स्वीडेनलाई नेटोमा समावेश गर्ने अभियानले करिब ६ महिनाअघि गति लिएको थियो र त्यसमा अमेरिकाको महत्वपूर्ण भूमिका थियो।

स्टोल्टनबर्गले जुलाईमा लिथुआनियाको भिल्नियस शहरमा नेटो शिखर सम्मेलनको क्रममा स्वीडेन र टर्कीका नेताहरूसँग भेटेका थिए। यसपछि एक संयुक्त वक्तव्यमा स्वीडेनका प्रधानमन्त्री क्रिस्टर्सनले भनेका थिए- स्वीडेनका लागि यो राम्रो दिन हो।

नाटो सदस्यताको बदलामा, स्वीडेनले टर्कीको युरोपेली संघमा सामेल हुने प्रयासलाई समर्थन गर्नेछ। एर्डोगानले स्वीडेनको सदस्यताको बारेमा भनेका थिए कि स्वीडेनको नाटो प्रस्तावलाई टर्कीको संसदले अनुमोदन गर्नु अघि युरोपियन युनियन (ईयू) ले उनीहरूलाई सदस्य बनाउनुपर्छ। टर्कीले पनि स्विडेनको सदस्यतामार्फत लडाकु विमान उपलब्ध गराउन अमेरिकालाई दबाब दिइरहेको केही विज्ञहरूले बताए।

Logo