प्रधानमन्त्री महिला टी-२० मा एपीएफको लगातार पाँचौँ जित

प्रधानमन्त्री महिला टी-२० मा एपीएफको लगातार पाँचौँ जित

केन्द्रबिन्दु
0
Shares

जारी प्रधानमन्त्री महिला टी- २० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार पाँचौं जित हासिल गरेको छ। बुधबार सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै लगातार पाँचौं जित हसिल गरेको हो।

एपीएफले दिएको १६१ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन मात्र बनाएको थियो। यसअघि एपीएफले पहिला ब्याटिङ गर्दै २० ओभरमा २ विकेट गुमाएर १६० रन बनाएको थियो।

यो जितपछि एपीएफ ५ खेलमा अपराजित हुदै १० अंक हासिल गरेर अंकतालिकामा शिर्ष स्थानमा रहेको छ। त्यसैगरी कर्णाली प्रदेशले लगातार पाँचौं हार बेहोरेको छ। अब एपीएफले अर्को खेल बिहीबार गण्डकी प्रदेशसँग खेल्नेछ भने कर्णालीले अर्को खेल बिहीबार नै बागमती प्रदेशसँग खेल्नेछ।

Logo