इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले सानदार जित निकालेको छ। बुधबार राति भएको खेलमा ब्रेन्टफोर्डमाथि वुल्भ्सले ४–१ गोल अन्तरको जित निकालेको हो।
वुल्भ्सको जितमा हि चान वाङले २ गोल गर्दा मारिओ लेमिना र जेरिन्सर बेलगार्डले एक एक गोल गरेका थिए। ब्रेन्टफोर्डका लागि योने वेइसाले एक गोल फर्काए। १३ औँ मिनेटमा पाब्लो सर्वियाको पासमा लेमिनाले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाएका थिए। १४ औँ मिनेटमा वाङले गोल गरेपछि सुरुमै २-० को अग्रता बनायो।
तर, १६ औं मिनेटमा ब्रेन्टफोर्डका लागि निल मुपेको पासमा वेइसाले गोल गर्दै अन्तर २–१ मा झारेका थिए। २८ औँ मिनेटमा वाङले व्यक्तिगत दोस्रो गोल गर्दा उल्भ्स ३-१ को सहज अवस्थामा पुगेको थियो।
उनले टोटी एन्टोनिओ गोमेजको पासमा गोल गरेका थिए। पहिलो हाफमा ३-१ को अग्रता लिएको वुल्भ्सले दोस्रो हाफमा १ गोल थपेको थियो। ७९ औँ मिनेटमा बेलगार्डले म्याथ्युज चुन्चाको पासमा गोल गरेपछि ४-१ को जित निकाल्दै स्पष्ट ३ अंक थप्न सफल भयो।
वुल्भ्सले १९ खेलबाट २५ अंकका साथ तालिकाको ११ औँ स्थानमा रहको छ। १८ खेल खेलेको ब्रेन्टफोर्ड भने १९ अंकका साथ तालिकाको १४ औँ स्थानमा रहेको छ।





























प्रतिक्रिया