सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। समयममै नियमानुसार काम नगर्ने पाँचवटा निर्माण कम्पनीलाई कार्यालयले दुईदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको हो।
कालीसूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम।पी सितानी एन्ड सन्स, सुर्खेतको एम.पीरएस.सी.एफरई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि छन्।
ती निर्माण कम्पनीहरूले विभिन्न आयोजनाको ठेक्का लिएर पटक-पटक म्याद थप हुँदासमेत काम नगरेपछि कार्यालयले कालोसूचीमा राखेको हो।
कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ।






























प्रतिक्रिया