प्रिमियर लिगमा आजः ब्राइटन र टोटनह्याम भिड्दै

प्रिमियर लिगमा आजः ब्राइटन र टोटनह्याम भिड्दै

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा आज ब्राइटन र टोटनह्याम भिड्दै छन्। यो खेल नेपाली समय अनुसार राति सवा १ बजे  एक्सप्रेस कम्युनिटी स्टेडियममा सुरुहुने छ। टोटनह्याम अहिले प्रिमियर लिग तालिकाको पाँचौं स्थानमा रहँदा ब्राइटन नवौं स्थानमा रहेको छ।

ब्राइटनले पछिल्ला खेलहरुमा जित निकाल्न सकेको छैन भने टोटनह्यामले लगातार जित निकाल्दै आएको छ। ब्राइटनले आफ्नो पछिल्लो खलमा एभर्टनलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।

टोटनह्याम ३६ अंकका साथ पाँचौं स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा ६ अंकले पछि रहेको छ। यस्तो अवस्थामा टोटनह्याम जित निकाल्दै तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ।

उता, ब्राइटनले भने पछिल्लो खेलमा क्रिष्टल प्यालेससँग खेल्दै अंक बाँडेको थियो। ब्राइटन अहिले २७ अंकका साथ नवौं  स्थानमा रहेकाले तालिकामा स्थान सुधार गर्नका लागि स्पष्ट जित निकाल्दै ३ अंक थप्नु पर्नेछ।

टोटनह्याम लागि सन ह्युंग मिनको प्रदर्शनमा बढी भर पर्ने छ भने ब्राइटनले इवान फग्र्युसन र जोआओ पेड्रोमा भर पर्ने छन्। अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा ब्राइटनले ९ खेल खेल्दा यो सिजन ४ मा जित र ४ मा बराबरी गर्दा एक खेलमा मात्रै हारको सामना गरेको छ।

Logo