पुरुषहरुको सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेशनल नेपाल यस वर्ष पनि हुने भएको छ। ग्रुप अफ इभेन्ट इन्टरटेनर्स (जीईई) को आयोजनामा १३ औँ संस्करणको पुरुषहरुको सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेशनल नेपाल २०२४ हुने भएको हो।
आयोजक ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाका अनुसार नयाँ संस्करणको म्यानहन्ट इन्टरनेशनल नेपालका लागि शनिबारबाट अडिसन सुरु गरिनेछ।
म्यानहन्ट इन्टरनेशनल नेपाल २०२४ का लागि पहिलो अडिसन राजधानीको त्रिपुरेश्वरस्थित जस्मिन फिटनेस एन्ड स्पामा शनिबार बिहान ११ बजे हुनेछ।
प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि उचाई कम्तिमा ५.८ फुट हुनुपर्ने तथा १८ देखि ३४ वर्षको उमेर समूहका युवाले भाग लिन सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी न्यूनतम प्लस टु पढेका युवाले यसमा सहभागीता जनाउन सक्नेछन्।
सक्सेनाका अनुसार विवाहित र अविवाहित दुबैले प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्नेछन्। यसअघिका म्यानहन्ट इन्टरनेशन नेपालका विजेता विभिन्न क्षेत्रको स्थापित नाम बनेका छन्।
यस अघि क्रमशः अभिनेता प्रशान्त ताम्राकार, युवा व्यवसायी सुऋत ज्योति, अभिनेता अनुपविक्रम शाही, अभिनेता तथा मोडल समिन खान र आयुषमान देशराज जोशी श्रेष्ठ, अभिनेता सुशिल श्रेष्ठ र कान्जी कोइराला, कल कान्तिपुरका भिजे सुदित श्रेष्ठ, अभिनेता तथा मोडल निरज थापा र ध्रुव बुढाथोकी, मोडल विकल्प श्रेष्ठ, राइडर तथा मोडल विवेश श्रेष्ठ र अभिनेता प्रकाश शाह म्यानहन्ट इन्टरनेशनल नेपालका विजेता भएका थिए।





























प्रतिक्रिया