भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा दुई जना युवकको मृत्यु भएको छ। अर्का गम्भिर घाइते भएका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको हो ।
पाटन अस्पतालमा उपचारका क्रममा शाहको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले पुष्टि गरे । यसअघि गम्भिर घाइते भएका २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरुलाई गोली लागेको हो कि होइन रिपोर्ट आएपछि मात्रै खुल्ने बताइएको छ ।
आज कोरिया जानको लागि रोजगार अनुमति प्रणाली (इपिएसं आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलित युवाहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । त्यसपछि भिड तितरवितर पार्न प्रहरीले गोली चलाएको थियाे ।





























प्रतिक्रिया