बालकुमारी घटनाकाे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

बालकुमारी घटनाकाे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

केन्द्रबिन्दु
0
Shares

ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएपछि छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार  गाडीमा आगजनी गरेका थिए । त्यसपछि भएको झडपका क्रममा उनीहरु घाइते भएका थिए । अनियन्त्रित भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो । 

साे क्रममा घाइते भएका  डोटीका २२ वर्षे वीरेन्द्र साहकाे उपचारको क्रममा पाटन अस्पतालमा र दैलेखका २३ वर्षे सुजन रावतकाे किष्ट अस्पतालमा मृत्यु भएकाे हाे । 

Logo