माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित

माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित भएको छ । 

भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभ कार्यक्रममा माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको हो । बैंकलाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पिओएस मेसिन प्रवद्र्धनमा उत्कृष्ट भएकाले उक्त अर्वाड प्रदान गरेको हाे ।

बैंकले नगदरहित बैकिङ कारोबारलाई बढावा दिँदै पहिलो स्मार्ट बैंकको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको जानकारी दिएको छ। 

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

Skip This
Skip This
Logo