‘नाम जी-७७ चिनियाँ प्रतिनिधिहरूकालागि कोरोना परीक्षण अनिवार्य छैन’

‘नाम जी-७७ चिनियाँ प्रतिनिधिहरूकालागि कोरोना परीक्षण अनिवार्य छैन’

केन्द्रबिन्दु
0
Shares

युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले १९औँ असंलग्न आन्दोलन (नाम) र समूहको ७७ चीन शिखर सम्मेलनका लागि आगामी महिना युगान्डा आउने प्रतिनिधिहरूका कोभिड-१९ परीक्षण अनिवार्य नगरिने बताएका छन्। 

बिहीबार राति उनको सामाजिक सञ्जालमा पोस्ट गरिएको संक्षिप्त सन्देशमा राष्ट्रपति मुसेभेनीले उक्त प्रयोजनमा आउने प्रतिनिधिहरूका लागि कोरोना परीक्षण अनिवार्य नभएको बताएका छन्। 

नाम शिखर सम्मेलनको विषय ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने हुनेछ भने जी-७७ चीन शिखर सम्मेलन’ कसैलाई पछाडि नछोड्ने’ भन्ने नारामा केन्द्रित हुने बताइएको छ। युगान्डाले सदस्य राष्ट्रहरूबीच दक्षिण-दक्षिण सहयोग र एकता प्रवर्द्धन गर्न दुई शिखर सम्मेलनहरू प्रयोग गर्ने बताएको छ।

Logo