नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले बिकराल देखिँदै आएको मिटर ब्याजसम्बन्धी समस्याको समाधानका लागि पहल गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
जारी कांग्रेस केन्द्रीय कार्यसमिति समिति बैठकमा केन्द्रीय सदस्य पराजुलीले भने, ‘बिकराल देखिँदै आएको मिटर ब्याजको समस्या सम्बन्धमा पीडितको उद्धारका लागी नेपाली कांग्रेसले ठोस निति तय गरेर सरकारलाई तत्काल ध्यानाकर्षण गराउँदै पीडितलाई न्याय दिलाउन अग्रसरता लिनुपर्दछ ।’
साथै केन्द्रीय सदस्य पराजुलीले संविधानको कार्यान्वयनका लागी संघिय संसदलाई उत्तरदायी बनाउँदै संघिय ऐनहरुलाई तत्काल कानून बनाएर सामाजिक न्याय र जनहितमा अगि बढाउने कार्यलाई कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् ।































प्रतिक्रिया